शनिबार, भदौ १ गते २०८२

१० राज्यहरू जहाँ अमेरिकीहरू सबैभन्दा बढी र कम तनावग्रस्त छन्

१० राज्यहरू जहाँ अमेरिकीहरू सबैभन्दा बढी र कम तनावग्रस्त छन्

अखबार दैनिक
आइतबार, चैत १९ २०७९
  • १० राज्यहरू जहाँ अमेरिकीहरू सबैभन्दा बढी र कम तनावग्रस्त छन्
    अमेरिकीहरूले गत वर्षको तुलनामा बढी तनाव महसुस गरिरहेका छन्, तर देशका केही भागहरू छन् जहाँका बासिन्दाहरू अरूभन्दा धेरै तनावग्रस्त छन्। पर्सनल फाइनान्स साइट वालेटहबको नयाँ अध्ययन अनुसार मिसिसिपियनहरू अमेरिकामा सबैभन्दा तनावग्रस्त व्यक्ति हुन्।

    वालेट हबले ४१ तनाव सूचकहरूमा सबै ५० राज्यहरूलाई तुलना गरेको छ । जसले अमेरिकीहरू सबैभन्दा बढी र कम तनावमा छन् भनेर पत्ता लगाएको छ । वेबसाइटका अनुसार केही सूचकहरूले प्रति हप्ता काम गरेको औसत घण्टा, व्यक्तिगत बैंक्रप्सीका दरहरू र एक रातको निद्राको औसत घण्टा समावेश गर्दछ।

    brown rock formation

    अनुसन्धानकर्ताहरूले मिसिसिपीलाई सबैभन्दा तनावग्रस्त राज्यको रूपमा सुचिकृत गरेका छन् । दोश्रोमा लुजियाना, तेश्रोमा न्यु मेक्सिको र चौथोमा वेस्ट भर्जिनिया रहेका छन् । पाँचौंमा नेभाडा, छैठौंमा अर्कान्सास, सातौमा अलाबामा, आठौंमा केन्टकी, नवौंमा टेक्सास र दशौं तनावग्रस्तमा ओक्लाहोमा रहेका छन् ।

    मिसिसिपी राज्यले यसको उच्च गरिबी दर, उच्च सम्बन्धविच्छेद दर र प्रति व्यक्ति थोरै मनोवैज्ञानिकहरूको कारणले गर्दा शीर्ष स्थान कायम गरेको छ । मिनेसोटाले भने देशको सबैभन्दा कम तनावग्रस्त राज्यको दर्जा पाएको छ ।.




     

    प्रतिक्रिया दिनुहोस

    थप समाचार

    ट्रेन्डिङ