सोमबार, भदौ ३ गते २०८२

टेलर स्वीफ्टको फिल्म ‘इरास टुर’को वर्ल्ड प्रिमियर (तस्वीर)

टेलर स्वीफ्टको फिल्म ‘इरास टुर’को वर्ल्ड प्रिमियर (तस्वीर)

अखबार दैनिक
शुक्रबार, असोज २६ २०८०
  • टेलर स्वीफ्टको फिल्म ‘इरास टुर’को वर्ल्ड प्रिमियर (तस्वीर)

    काठमाडौं । पपस्टार टेलर स्वीफ्टको फिल्म ‘इरास टुर’लाई अमेरिकाको लस एन्जलसमा प्रिमियर गरिएको छ । यो रेडकार्पेट समारोहमा पपक्वीन बियोन्से, रचेल जेगलर, एडम स्यान्डलर लगायतका सेलिब्रिटीको उपस्थिति रह्यो ।

    Tylor-Swift-Film-Premiere4.jpg

    स्वीफ्टले ओस्कर डे ला रेन्टा भनिने नीलो लामो गाउन लगाएर रेडकार्पेटमा फ्यान र साथी सेलिब्रिटीसँग तस्वीर खिचाइन् । ‘मलाई सधैं यसो गर्न रमाइलो भएको छ । म विश्वास गर्न सक्दिन कि म संगीतलाई करिअरकै रुपमा अघि लैजान सक्छु । यो पागलपन हो,’ बीबीसीसँग उनले भनिन् ।

    ‘इरास टुर मेरो करिअरको झड्का दिने खालको अनुभव हो,’ उनले भनिन्, ‘मैले जीवनमा यति रमाइलो कहिल्यै गरेको छैन, जति इरास टुरमा गरेको छु ।’ बिरामी हुँदा वा वर्षा हुँदा, जुनसुकै परिस्थितिमा पनि इरास टुरलाई निरन्तरता दिएको बताउँदै उनले आफूले फ्यानबाट सम्मान पाएको स्मरण उनले गरिन् ।

    Tylor-Swift-Film-Premiere.jpg

    यो फिल्म अगस्टमा लस एन्जलसको सोफी स्टेडियममा तीनवटा कन्सर्टको क्रममा छायांकन गरिएको थियो । यो फिल्ममा उनको करिअरमा फैलिएका सबै गीत समावेश छन् ।

    यो फिल्म शुक्रबार बेलायतमा रिलिज हुँदैछ । तर फ्यानको अभूतपूर्व मागका कारण अमेरिकामा पनि फिल्मलाई शुक्रबारै फ्यान स्क्रिनिङ गर्ने तयारी छ । प्रिमियरपछि बिहीबारदेखि नै फिल्मको समीक्षा आउन थालेका छन् ।

    रटन टम्याटोजले लेखेको छ, ‘यदि तपाईंले लाइभ शो हेर्नुभएको छ भने पनि फिल्म हेर्न मौका नगुमाउनुस् ।’ कोलाइडर म्यागजिनले फिल्मजस्तै रोचक रहेको लेखेको छ ।

    Tylor-Swift-Film-Premiere1.jpg

    फिल्मले अग्रिम टिकट बिक्रीअनुसार विश्वव्यापी १०० मिलियन डलर कमाइ गरिसकेको छ । सन् २०११ मा रिलिज भएको जस्टिन बिबरको कन्सर्ट फिल्म ‘नेभर से नेभर’को कमाइ ९९ मिलियन डलरलाई उछिनेर यो फिल्म सर्वकालीन धेरै कमाउने फिल्म बन्ने निश्चितजस्तै छ ।

    सामान्य फिल्म प्रदर्शनको विपरीत स्विफ्टको तीन घण्टाको यो फिल्म बिहीबार, शुक्रबार, शनिबार र आइतबार मात्र सिनेमा घरमा लाग्नेछ । यो लगभग चार हप्ताका लागि सीमित रिलिज हुने जनाइएको छ ।

    प्रतिक्रिया दिनुहोस

    थप समाचार

    ट्रेन्डिङ