सोमबार, भदौ ३ गते २०८२

नयाँ साथी, नयाँ मञ्च : फर्किदैँछ ‘द कपिल शर्मा शो’

नयाँ साथी, नयाँ मञ्च : फर्किदैँछ ‘द कपिल शर्मा शो’

अखबार दैनिक
आइतबार, मंसिर १० २०८०
  • नयाँ साथी, नयाँ मञ्च : फर्किदैँछ ‘द कपिल शर्मा शो’

    एजेन्सी । हाँस्य कलाकार कपिल शर्माका प्रसशंकका लागि राम्रो समाचार छ । रिपोर्टअनुसार ‘द कपिल शर्मा शो’ फेरि सुरु हुँदैछ । तर टेलिभिजनमा होइन, यसपटक ओटीटी प्लेटफर्ममा आउँदैछ ।

    कपिल शर्मा शो की एक हाँस्यकलाकार रोशेल रावले एउटा पोस्ट शेयर गरेकी छन्, जसमा उनले कपिल शर्मा शो फर्किँदैछ त्यो पनि नेटफ्लिक्समा भनेकी छन् ।

    यसका साथ रोशेलले एउटा भिडिओ पनि शेयर गरेकी छन्, जसमा उनले पुरानो सम्झना ताजा गरेकी छन् । यसमा फोटोहरुको कोलाज बनाइएको छ ।


    सबैभन्दा पहिलो फोटो कपिलको सेटको छ जसमा शो को केक बनेको छ । त्यसपछि उनी रोशन तथा कपिलसँग देखिएका छन् ।

    रोशेलले भिडिओको क्याप्सनमा लेखेकी छन्, ‘सबै ग्यांगलाई धेरै धेरै शुभकामना । हामी सबै आफ्नो नयाँ यात्राका लागि पूर्ण रुपमा तयार छौं ।’

    साथमा उनले जसरी यी विजयी तस्वीर शेयर गरेकी छु, त्यसरी नै हाम्रो नेटफ्लिक्सको यात्रा पनि सफल हुनेछ समेत लेखेकी छन् ।

    प्रतिक्रिया दिनुहोस

    थप समाचार

    ट्रेन्डिङ