आइतबार, भदौ २ गते २०८२

जसले १३ फिल्ममा काम गरे, भएन कुनै हिट

जसले १३ फिल्ममा काम गरे, भएन कुनै हिट

अखबार दैनिक
सोमबार, माघ १ २०८०
  • जसले १३ फिल्ममा काम गरे, भएन कुनै हिट

    बलिउड अभिनेता नील नितिन मुकेशको आज जन्मदिन हो। उनी आजबाट ४२ वर्षका भए। उनी बलिउड चर्चित गायक मुकेशको नाति हुन्। उनको बुबा नितिन मुकेश पनि गायक थिए।

    उनको पारिवारिक पृष्टभूमि गायन क्षेत्रको भएतापनि उनले अभिनयलाई छाने। उनले सन् १९८८ मा 'विजय' फिल्मबाट अभिनय यात्रा सुरू गरेका थिए। सात वर्षको उमेरबाट उनलाई दर्शकले चिन्न थालेका थिए। सन् १९८९ मा 'जैसी करनी वैसी भरनी' फिल्मबाट उनले आफ्नो पहिचान बनाएका थिए।

    यसपछि उनले २० वर्षको उमेरमा अभिनेता ऋतिक रोशनको फिल्म 'मुझ्से दोस्ती करोगे' मा सहायक निर्देशकको रूपमा काम गरे। यसपछि उनले ४ वर्षसम्म फिल्म क्षेत्रमा काम गरेनन्। उनले 'बाईपास रोड' मा २०१९ मा काम गरे।

    उनले अहिलेसम्म १३ फिल्ममा काम गरिसकेका छन्। तर उनको सबै फिल्म फ्लप छ। उनले फिल्ममा खलनायकको भूमिका गर्छन्।

    प्रतिक्रिया दिनुहोस

    थप समाचार