आइतबार, भदौ २ गते २०८२

सन्तोष सेनको 'बलिदान' मा जोडियो आर्टमान्डु

सन्तोष सेनको 'बलिदान' मा जोडियो आर्टमान्डु

अखबार दैनिक
शुक्रबार, माघ ५ २०८०
  • सन्तोष सेनको 'बलिदान' मा जोडियो आर्टमान्डु

    'तीन पाते', 'फूलथुंगे रानी', 'लजाएर', 'गाला पुक्क', 'घुमी घुमी' लगायत थुप्रै हिट गीत गाएका सुजन चापागाईं फिल्म 'बलिदान' मा जोडिएका छन्।

    उनीसँगै उनको सांगीतिक संस्था आर्टमान्डु टिमका सदस्यहरू गीतकार हर्क साउद र निर्देशक नवीन चौहान पनि फिल्ममा आबद्ध भएका छन्। उनीहरूले फिल्मका गीत र ब्याकराउण्ड म्युजिकमा काम गर्नेछन्।  आर्टमान्डु टिम फिल्ममा आबद्ध भएसँगै संगीतको विषयमा कार्यशाला भइरहेको छ। निर्देशक सेनले फिल्मको कथा र मर्म अनुसारका गीत उत्पादन गर्न केही दिन छलफलमा रहने जानकारी दिए।

    यस फिल्मको छायांकन अगावै टिजर रिलिज भइसकेको छ। आसुसेन फिल्म्सको ब्यानरमा बन्न लागेको फिल्ममा कलाकारहरूको बारेमा खुलासा गरिएको छैन। देशको अस्मिता जोगाउन एक युग पुरूष कसरी जन्मिछ भन्ने कथाको वरपर यो फिल्म रहने निर्देशक सेनले बताएका छन्।  

    फिल्म आसुसेन फिल्म्स प्रोडक्सनको ब्यानरमा निर्माण हुनेछ। पवन विष्टले निर्माण गर्ने फिल्मका कार्यकारी निर्मातामा चक्र बहादुर चन्द र प्रेम पुरी छन्। दर्शन जीको पटकथा लेखन रहने फिल्मको स्क्रिप्ट डाक्टर मनोज पण्डित हुन्। 

    प्रतिक्रिया दिनुहोस

    थप समाचार