बुधबार, जेठ २ गते २०८२

नेटफ्लिक्सले आफ्नो फिल्म हटाएपछि यसो भन्छिन् नयनतारा

नेटफ्लिक्सले आफ्नो फिल्म हटाएपछि यसो भन्छिन् नयनतारा

अखबार दैनिक
शुक्रबार, माघ ५ २०८०
  • नेटफ्लिक्सले आफ्नो फिल्म हटाएपछि यसो भन्छिन् नयनतारा

    दक्षिण भारतीय अभिनेत्री नयनतारा अभिनीत फिल्म 'अन्नपूर्णी' नेटफ्लिक्सबाट हटाइएको छ।  धार्मिक भावनामा ठेस पुर्‍याएको भन्दै हिन्दु सेवा परिषदले भारतको जबलपूरमा नयनताराविरुद्ध उजुरी दिएपछि फिल्म हटाइएको हो।

    images

    सामाजिक संजालमा यो फिल्मलाई सकारात्मक प्रतिक्रिया आएको छ। तर हिन्दु धार्मिक अगुवाहरूले भने आफ्नो धर्मको संस्कृति र नियमलाई नकारात्मक तरिकाले फिल्ममा प्रस्तुत गरेको भन्दै विरोध गरेका थिए।

    नेटफ्लिक्सले १३ दिनपछि फिल्म हटाएपछि नयनताराले सामाजिक संजालमा माफी मागेकी छन्। उनले इन्स्टाग्राममा पोस्ट गर्दै भनिन्, 'हामीले फिल्ममार्फत सकारात्मक सन्देश दिन खोजेका थियौं। हामीले तपाईहरूको भावनामा ठेस पुर्‍याउने हेतुले कहिल्यै पनि यस्तो गरेका होइनौं। म आफैं मन्दिरमा जान्छु। म इमानदारिताका साथ माफी माग्दछु। मानिसहरूलाई प्रेरणाको स्रोत बनोस् भनेर अन्नपूर्णी बनाएका हौं।’

    फिल्ममा नयनताराले प्रमुख भूमिका निर्वाह गरेकी छन्। उनले फिल्ममा पूजारीको छोरी भएर पनि मासु खाएको भन्दै हिन्दु धर्मालम्बीहरूले विरोध गरेका हुन्। 

    प्रतिक्रिया दिनुहोस

    थप समाचार

    ट्रेन्डिङ