आइतबार, भदौ २ गते २०८२

अमेरिकी एयरबेसमा इरानसमर्थित समूहको हमला, कैयौँ अमेरिकी सैनिक घाइते

अमेरिकी एयरबेसमा इरानसमर्थित समूहको हमला, कैयौँ अमेरिकी सैनिक घाइते

अखबार दैनिक
आइतबार, माघ ७ २०८०
  • अमेरिकी एयरबेसमा इरानसमर्थित समूहको हमला, कैयौँ अमेरिकी सैनिक घाइते

    एजेन्सी \ इराक । पश्चिमी इराकको एक एयरबेसमा मिसाइल आक्रमणमा परी कैयौँ अमेरिकी सैनिक घाइते भएका छन् । अमेरिकी सेनाको केन्द्रीय कमाण्डले शनिबार साँझ इरान समर्थित लडाकुहरूले इराकको अल असद एयरबेसलाई ब्यालेस्टिक मिसाइल र रकेटले निशाना बनाएको बताएको हो।

    यस आक्रमणमा इराकी सेनाका कम्तीमा एक सदस्य पनि घाइते भएका छन् । ‘इस्लामिक रेजिस्टेन्स इन इराक’ नामक संगठनले अल असद एयरबेसलाई निशाना बनाएको जिम्मेवारी लिएको छ ।

    अमेरिकामा रहेको वासिङ्गटन इन्स्टिच्युट फर नियर ईस्ट पोलिसीका अनुसार यो समूह २०२३ को अन्त्यमा देखा परेको थियो। यसमा इराकमा सक्रिय इरानका धेरै सशस्त्र समूहहरू समावेश छन्।

    यसले हालैका हप्ताहरूमा अमेरिकी सेनाहरूविरुद्ध धेरै अन्य आक्रमणहरू गरेको छ। अल असद बेसमा पछिल्ला केही वर्षमा धेरै पटक आक्रमण भएको छ।

    अमेरिकी सेनाले शनिबार प्रहार गरिएका अधिकांश क्षेप्यास्त्रहरू रोकिएको बताएको छ। यसबाट भएको क्षतिको मूल्याङ्कन भइरहेको छ ।

    प्रतिक्रिया दिनुहोस

    थप समाचार

    ट्रेन्डिङ