सोमबार, भदौ ३ गते २०८२

काठमाडौं-धनगढीको भाडादर ७ हजारदेखि १७ हजारसम्म

काठमाडौं-धनगढीको भाडादर ७ हजारदेखि १७ हजारसम्म

अखबार दैनिक
मंगलबार, साउन १ २०८१
  • काठमाडौं-धनगढीको भाडादर ७ हजारदेखि १७ हजारसम्म

    मनसुनमा बाढी-पहिरोका कारण बर्सेनी सर्वसाधारणको यात्रा कष्टपूर्ण हुन्छ। यसपालि पनि पहिरोकाे कारण राजमार्गहरू अवरूद्ध हुने क्रम जारी छ। खासगरी काठमाडौंबाट आउजाउ गर्ने पृथ्वी राजमार्गमा अवरूद्ध भइरहँदा यात्रुको सास्ती बढेको छ।

    यसबाट छुटकारा पाउन यात्रुहरूले विकल्प खोजिरहेका छन्। पहिलो विकल्प हवाई यात्रा भएको छ। हाल काठमाडौं-धनगढी बुद्ध र श्री एयरलाइन्सले नियमित उडान गरिरहेका छन्।

    बुद्धले काठमाडौं-धनगढी दैनिक तीन वटा उडान गरिरहेको छ। त्यस्तै, श्री एयरलाइन्सले काठमाडौं-धनगढी चार उडान गरिरहेका छ।  हवाइ यात्रा गर्दा न्यूनतमदेखि अधिकतमसम्मको भाडादर तोकिएको हुन्छ। 

    बुद्ध एयरलाइन्सले काठमाडौं-धनगढी लागि न्यूनतम भाडादर सात हजार नौ सय रूपैयाँ राखेको छ। त्यस्तै यही गन्तव्यका लागि बुद्धले १७ हजार ८६ रूपैयाँ अधिकतम भाडादर राखेको छ।

    यो गन्तव्यमा दुबै एयरलाइन्सको भाडादर उही छ। श्रीले काठमाडौं-धनगढी न्यूनतम भाडादर सात हजार नौ सय र अधिकतम १७ हजार ८५ रूपैयाँ रहेको छ।

    प्रतिक्रिया दिनुहोस

    थप समाचार