आइतबार, भदौ २ गते २०८२

३ हजार विन्दुबाट ओर्लियो सेयर बजार

३ हजार विन्दुबाट ओर्लियो सेयर बजार

अखबार दैनिक
आइतबार, भदौ २ २०८१
  • ३ हजार विन्दुबाट ओर्लियो सेयर बजार

    काठमाडौं । साता पहिलो कारोबार दिन आइतबार सेयर बजारमा करेक्सन आएको छ ।  आज बजार ३४.४७ अंकले घटेर बजार २९६६.३३ बिन्दुमा बन्द भएको नेपाल स्टक एक्सचेन्जले जनाएको छ । 

    आइतबार ३०४७ को बिन्दुसम्म पुगेको बजार व्यापक उतारचढाव हुँदा २९४७ सम्म झरेको थियो। ४७ कम्पनीको मात्र सेयर मूल्य बढेको बजारमा २८ अर्ब ८३ करोड ६९ लाख रुपैयाँको कारोबार भएको छ। आइतबार १९७ कम्पनीको सेयर मूल्य घटेको छ।

    गएको साता अन्तिम कारोबारमा बिहिबार ४३.०५ अंकले बढेर ३०००।८१ को बिन्दुमा पुगेको बजारमा २९ अर्ब ९५ करोड ८३ लाख रुपैयाँको कीर्तिमानी कारोबार भएको थियो। 

    प्रतिक्रिया दिनुहोस

    थप समाचार