बुधबार, भदौ ५ गते २०८२

बुद्ध एयरको भ्यालेन्टाइन अफर

बुद्ध एयरको भ्यालेन्टाइन अफर

अखबार दैनिक
आइतबार, माघ २७ २०८१
  • बुद्ध एयरको भ्यालेन्टाइन अफर

    अंग्रेजी महिना फेब्रुअरीको १४ तारिखमा मनाइने प्रणय दिवसलाई थप स्मरणीय मनाउन बुद्ध एयरले भ्यालेन्टाइन अफर ल्याएको छ। पर्वतीय उडानमा बुद्धले एउटा टिकट किन्दा अर्कोमा पूरै छुट दिएको हो। यस अफरमा एक जना यात्रुलाई झ्याल र सँगैको सिट दिनेछ। पर्वतीय उडानमा सगरमाथा, नुप्त्से, ल्होत्से, मकालु, गौरीशंकरलगायत थुप्रै हिमशृंखला अवलोकन गर्न सकिन्छ। 

    उडानमा जोडी यात्रुलाई चकलेट, गुलाफ फूल तथा चिया स्पटको मिठो खाजा खानाका लागि डिस्काउन्ट भाउचर समेत दिइनेछ। यसैगरी गोलाप्रथाबाट छानिने ३ जना जोडी यात्रुका लागि दलाई–ला–बुटिक होटलमा दुई दिन एक रातको प्याकेज तथा अन्य सबै यात्रुहरुका लागि डिस्काउन्ट भाउचर प्रदान गर्ने बुद्ध एयरले जनाएको छ। ५ जना जोडी यात्रुलाई चन्द्रागिरि केबलकारको आउजाउ टिकट उपलब्ध गराइनेछ। यस अफरको टिकट बुद्ध एयरको काउन्टरबाट लिन सकिन्छ।

    प्रतिक्रिया दिनुहोस

    थप समाचार