मंगलबार, भदौ ४ गते २०८२

नेप्सेमा विकाश हाइड्रोपावरको शेयर सूचीकृत, कुन मूल्यमा भयो हुन्छ पहिलो कारोबार ?

नेप्सेमा विकाश हाइड्रोपावरको शेयर सूचीकृत, कुन मूल्यमा भयो हुन्छ पहिलो कारोबार ?

अखबार दैनिक
मंगलबार, भदौ ४ २०८२
  • नेप्सेमा विकाश हाइड्रोपावरको शेयर सूचीकृत, कुन मूल्यमा भयो हुन्छ पहिलो कारोबार ?

    नेपाल स्टक एक्सचेन्ज नेप्सेमा विकाश हाइड्रोपावर लिमिटेडको शेयर सूचीकृत भएको छ । आज कम्पनीको ९० लाख ९१ हजार १३ कित्ता शेयर सूचीकृत भएको हो।

    शेयर सूचीकृत भएसंगै बुधबारबाट कम्पनीको शेयर कारोबार सुरु हुने छ। नेप्सेले कम्पनीको पहिलो कारोबारको लागि ९७.४३ रुपैयाँदेखि २९२.२९ रुपैयाँसम्म सुरुवाती रेन्ज तोकेको छ। यस रेन्जबीचको जुनसुकै मूल्यबाट पहिलो कारोबार सुरु हुन सक्ने छ। नेप्सेले कम्पनीको पहिलो कारोबारको लागि नेटवर्थको ३ गुणासम्मको सुरुवाती रेन्ज तोक्ने गरेको छ।

    कम्पनीको BHCL सिम्बलबाट कारोबार हुने छ ।  कम्पनीले सर्वसाधारणलाई निष्काशन गरेको शेयर असार २९ गते बाँडफाँड भएको थियो । यस कम्पनीले गोरखाको धार्चे गाउँपालिका ४ मा ४.५५ मेगावाको माथिल्लो माछाखोला आयोजना निर्माण सम्पन्न गरि २०७९ फागुनबाट विद्युत उत्पादन गरिरहेको छ।

    प्रतिक्रिया दिनुहोस

    थप समाचार

    ट्रेन्डिङ