मंगलबार, भदौ ४ गते २०८२

जापानीज इन्सेफ्लाईटिसबाट चितवनमा तीन जनाको मृत्यु

जापानीज इन्सेफ्लाईटिसबाट चितवनमा तीन जनाको मृत्यु

अखबार दैनिक
मंगलबार, भदौ ४ २०८२
  • जापानीज इन्सेफ्लाईटिसबाट चितवनमा तीन जनाको मृत्यु

    जिल्लाका तीन जनाले जापानीज इन्सेफ्लाईटिसबाट ज्यान गुमाएका छन् । जनस्वास्थ्य कार्यालयका किट नियन्त्रक राम केसीका अनुसार गत साउन २३ देखि भदौ ३ गते सम्मको नमूना परीक्षणमा नौ जना सङ्क्रमित फेला परेका थिए । ती मध्ये तीन जनाको मृत्यु भएको हो ।

    जापानीज इन्सेफ्लाइटिस भरतपुर महानगरपालिका, कालिका नगरपालिका, राप्ती नगरपालिका, खैरहनी नगरपालिका र माडी नगरपालिकाका बासिन्दामा भेटिएको छ । यो रोग क्युलेक्स जातको पोथी लामखुट्टेको टोकाईबाट सर्ने उनले जानकारी दिँदै उनले सबैलाई सचेत रहन आग्रह गरेका छन् ।

    अचानक उच्च ज्वरो आउने, बेस्सरी टाउको दुख्ने, बान्ता हुने, शरीर काम्ने, घाँटी दख्ने जापानीज इन्सेफ्लाइटिसका लक्षण हुन् । रासस

    प्रतिक्रिया दिनुहोस

    थप समाचार

    ट्रेन्डिङ