मंगलबार, भदौ ४ गते २०८२

मंगलबार ६.५१ अंकले बढ्यो सेयर बजार,घट्यो कारोबार रकम

मंगलबार ६.५१ अंकले बढ्यो सेयर बजार,घट्यो कारोबार रकम

अखबार दैनिक
मंगलबार, भदौ ४ २०८२
  • मंगलबार ६.५१ अंकले बढ्यो सेयर बजार,घट्यो कारोबार रकम

    काठमाडौं । साताको तेस्रो कारोबार दिन मंगलबार सेयर बजार सामान्य अंकले बढेको छ । आज बजार ६.५१ अंकले बढेर २७७६.९० को विन्दुमा पुगेको नेपाल स्टक एक्सचेन्ज(नेप्से) ले जनाएको छ । बजार बढे पनि मंगलबार कारोबार रकम भने घटेको छ । सोमबार ६ अर्ब १७ करोडको कारोबार भएको बजारमा मंगलबार ५ अर्ब ६३ करोडको कारोबार भएको छ । त्यसैगरी आज १४२ कम्पनीको सेयर मुल्य बढेको छ भने १०७ कम्पनीको सेयर मुल्य भने घटेको छ । 

    आज युनाइटेड मोदी हाइड्रो पावर, हिमालयन डिस्टिलरी लिमिटेड, राधी जलविद्युत कम्पनी र बुटवल पार कम्पनीको शयेर सबैभन्दा धेरै कारोबार भएको छ ।

    प्रतिक्रिया दिनुहोस

    थप समाचार

    ट्रेन्डिङ