बुधबार, भदौ ५ गते २०८२

दुई दिनमा सुनको मूल्य २८ सयले घट्यो

दुई दिनमा सुनको मूल्य २८ सयले घट्यो

अखबार दैनिक
बुधबार, भदौ ५ २०८२
  • दुई दिनमा सुनको मूल्य २८ सयले घट्यो

    काठमाडौं । नेपाली बजारमा बुधबार सुनको मूल्यमा गिरावट आएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघकाअनुसार आज छापावाल सुनको मूल्य तोलामा १ हजार ६ सय रुपैयाँले घटेर १ लाख ९३ हजार ५ सयमा कारोबार भइरहेको छ ।

    यसअघि मंगलबार सुन तोलामा १ हजार २ सय रुपैयाँले घटेर १ लाख ९५ हजार १ सय रुपैयाँमा कारोबार भएको थियो । समग्रमा सुनको भाउ दुई दिनमा २ हजार ८ सय रुपैयाँले घटेको छ । 

    यस्तै, आज चाँदीको मूल्य पनि घटेको छ । तोलामा ४५ रुपैयाँले घटेर चाँदी २ हजार २ सय ५५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ । 

    प्रतिक्रिया दिनुहोस

    थप समाचार