काठमाडौं । नेपाली बजारमा आइतबार सुनको मूल्य घटेको छ । आज सुन तोलामा सय रुपैयाँले घटेर प्रतितोला सुनको मूल्य तोलाको एक लाख ९० हजार ५ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ । शुक्रबार सुन एक लाख ९० हजार ६ सय रुपैयाँमा कारोबार भएको थियो ।
यस्तै, आज चाँदीको मूल्य भने बढेको छ । महासङ्घका अनुसार आज चाँदी एक हजार ९७० रुपैयाँमा कारोबार भइरहेको छ । शुक्रबार चाँदी एक हजार ९६० रुपैयाँमा कारोबार भएको थियो ।