शुक्रबार, जेठ ४ गते २०८२

सुदूरपश्चिम क्षेत्रलाई सधैँ प्राथमिकतामा राखेका छौँः अध्यक्ष दाहाल

सुदूरपश्चिम क्षेत्रलाई सधैँ प्राथमिकतामा राखेका छौँः अध्यक्ष दाहाल

अखबार दैनिक
शुक्रबार, जेठ ४ २०८२
  • सुदूरपश्चिम क्षेत्रलाई सधैँ प्राथमिकतामा राखेका छौँः अध्यक्ष दाहाल

    डडेल्धुरा । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफ्नो नेतृत्वको सरकार हुँदा सुदूरपश्चिम क्षेत्रलाई सधैँ प्राथमिकतामा राखेको बताउनुभएको छ ।

    images

    प्रेस सेन्टर नेपाल, डडेल्धुराले आज यहाँ आयोजना गरेको पत्रकार सम्मेलनमा अध्यक्ष दाहालले डडेल्धुरामा पर्याप्त सम्भावना रहेको औँल्याउँदै यहाँबाट भइरहेको बसाइँसराइ रोक्न शिक्षा, स्वास्थ्य, कृषि, जडीबुटी तथा पर्यटन क्षेत्रमैत्री नीति आवश्यक रहेकामा जोड दिनुभयो । “डडेल्धुरा सम्भावनायुक्त जिल्ला हो, यहाँ विकासमा ध्यान दिन सकियो भने विकासको नमूना बन्न सक्छ,’ उहाँले भन्नुभयो ।

    अध्यक्ष दाहालले देशका दुई प्रमुख भौगोलिक क्षेत्र लक्षित गरेर पार्टीले जागरण अभियान सञ्चालन गरिरहेको जानकारी दिनुभयो । ‘पहिलो चरणमा तराई केन्द्रित हुलाकी राजमार्ग क्षेत्रमा जागरण अभियान सञ्चालन गर्याैँ, अब पहाडी क्षेत्रमा मध्यपहाडी लोकमार्ग केन्द्रित अभियान सुरु गर्दैछौँ”, उहाँले भन्नुभयो । रासस

    प्रतिक्रिया दिनुहोस

    थप समाचार

    ट्रेन्डिङ