शुक्रबार, जेठ ४ गते २०८२

हितेन्द्रदेव शाक्यले भने अब नेपालमा लोडसेडिङ नहुने बताए

हितेन्द्रदेव शाक्यले भने अब नेपालमा लोडसेडिङ नहुने बताए

अखबार दैनिक
शुक्रबार, जेठ ४ २०८२
  • हितेन्द्रदेव शाक्यले भने अब नेपालमा लोडसेडिङ नहुने बताए

    नेपाल विद्युत् प्राधिकरणका प्रबन्ध निर्देशक हितेन्द्रदेव शाक्यले अब नेपालमा लोडसेडिङ नहुने बताएका छन् । हिजो बेलुका बिजुली झ्याप्प-झ्याप्प भएको विषयमा प्रष्टीकरण दिन आयोजित पत्रकार सम्मेलनमा उनले यो कुरा भनेका हुन् ।

    images

    हिजो बेलुका ६:३८ बजेदेखि देशका अधिकांश ठाउँमा विद्युत आपूर्ति बन्द भयो । ढल्केवर आसपास चलेको हावाहुरीको कारण ढल्केवर मुजफरपुर ४०० केभी डवल सर्किट लाइनको दुवै सर्किटमा एक साथ समस्या हुँदा विद्युत अवरोध भएको थियो ।

    बेलुकाको समयमा बिजुलीको अत्यधिक माग रहेको तर त्यसको तुलनामा नेपालतर्फ न्यून उत्पादनका कारण सिस्टम स्टेबल नभई लाइन ट्रिपिङ्ग भइरहँदा विद्युत् प्रणाली सञ्चालन हुन नसकेको प्राधिकरणको भनाइ छ ।

    प्रतिक्रिया दिनुहोस

    थप समाचार

    ट्रेन्डिङ