मेषः
उद्योग व्यापार व्यावसायमा वृद्धि हुनेछ । महत्वपूर्ण कामको थालनी हुनेछ । भाग्य अनुकुल रहला । जग्गा–जमिन तथा भौतिक सम्पत्तिसँग सम्बन्धित कार्यमा फाइदा हुने सम्भावना छ ।
वृषः
आज घरमा पाहुनाको सत्कारमा जुटिएला । धर्मकर्म तथा सांस्कृतिक क्षेत्रमा रुचि बढ्नेछ । आफ्नै पराक्रम तथा बाहुबलले प्रसस्त धन प्राप्त गर्न सकिने छ । यात्राको पनि संभावना देखिएको छ ।
मिथुनः
मनले चिताएका कामहरु अधुरै रहलान् । शत्रुपक्ष वलवान हुनेछन् । झैझमेलाको स्थिती देखिन्छ । खर्चमा बढोत्तरी हुने सम्भावना छ । अनावश्यक विवादको सम्भावना छ ।
कर्कटः
आज आम्दानी बढ्ने र उठ्नुपर्ने रकम हात लागी हुने समय छ । श्रमको उचित मूल्याङ्कन हुनेछ । आम्दानीका स्रोतहरू मजबुत बन्ने संकेत छन् । मित्रवर्गबाट पूर्ण सहयोग मिल्नेछ । अध्ययनको लागि आजको दिन फलदायी रहनेछ ।
सिंहः
शत्रु तथा प्रतिस्पर्धीलाई सजिलै हराउन सकिनेछ । आफन्त तथा मातुल पक्षवाट पनि लाभै हुने देखिन्छ । कृषिकर्म र बन्दव्यापारबाट आम्दानी हुनेछ । सामूहिक कार्यमा सबैको सल्लाह लिएर कार्य गर्नुहोला । पढाइ र प्रेममा सफलता मिल्नेछ ।
कन्याः
अध्ययन तथा वैतनिक क्षेत्र शुभ रहनेछ । प्रेम सम्बन्धमा गाढापन आउला । व्यापार व्यवसाय फस्टाउनेछ । कार्यक्षेत्रमा आत्तिएर निर्णय नलिनुहोला । बेलैमा योजना बनाएर काम थाल्दा राम्रो फाइदा हुनेछ ।
तुलाः
पेट तथा कोखा सम्बन्धी समस्या देखिन सक्नेछ । आज नयाँकामको थालनि नगरेको राम्रो । रचनात्मक कार्यमा मन लाग्नेछ । अवसरवादीहरूबाट सावधान रहनुहोला । अरूको भरले मात्र काम पूरा नहुन सक्नेछ ।
बृश्चिकः
दिन सुखद् तथा प्रेमिलरुपमा व्यतित हुनेछ । विद्यार्थी भाइबहिनीहरुका लागि आजको दिन राम्रो रहेको छ । छरछिमेकमा सम्पन्न हुने धार्मिक तथा सांस्कृतिक गतिविधिमा संलग्न हुनु पर्नेछ । आत्मबल र हिम्मत पनि बढ्नेछ ।
धनुः
स्वादिष्ट भोजनमा रमाईएला । धन वस्त्र अलंकारको लाभ हुनेछ । शुभ समाचार प्राप्त होला । इष्टमित्र तथा घरका अन्य मान्यजनहरुसँग मीठो तथा सौहार्दपूर्ण भेट हुनेछ । ब्यपार ब्यावसायबाट प्रसस्त अर्थोपार्जन हुनेछ ।
मकरः
पारिवारीक सुख प्राप्त हुनेछ । अन्नलाभ हुनेछ । विद्यार्थीहरुको अध्ययनको क्षेत्र राम्रो रहनेछ । शारीरिक तथा मानशिक सुख प्राप्त हुनेछ । । नयाँ कार्यहरुका लागि धन, बल र बुद्धि प्रयोग गर्न उत्तमसमय रहेको छ ।
कुभ्मः
अनावश्यक रुपमा धन खर्च हुनेछ । अनावश्यक यात्राहरु हुनेछन् । मन चञ्चल रहनाले आँटेका कामकुराहरु ध्यान पूर्वक गर्नुपर्ने देखिन्छ । पतिपत्निको सम्बन्धमा क्लेस उत्पन्न हुनेछ । आवश्यकता पूरा गर्न सरसापट वा ऋण लिनुपर्ने हुन सक्नेछ ।
मीनः
आज सुखद् समाचारले उत्साह जगाउनेछ । कृषि, उद्योग र व्यापारमा विशेष फाइदा हुनेछ । पार्टी तथा सेमिनारमा सहभागी भईएला । सामाजिक क्षेत्र र नोकरीबाट मानसम्मान मिल्नेछ । सञ्चित रकमको उपयोगले लाभ मिल्नेछ ।