आइतबार, जेठ ६ गते २०८२

एकैदिन झन्डै एक लाख भक्तजनले कोटिहोमको दर्शन गरे

एकैदिन झन्डै एक लाख भक्तजनले कोटिहोमको दर्शन गरे

अखबार दैनिक
आइतबार, जेठ ६ २०८२
  • एकैदिन झन्डै एक लाख भक्तजनले कोटिहोमको दर्शन गरे

    पोखरा। पोखरामा जारी श्री गण्डकी शतकुण्डीय गायत्री कोटिहोम विराट ज्ञान महायज्ञमा शनिबार मात्रै झन्डै एक लाख भक्तजनले कोटिहोमको दर्शन गरेका छन्।महायज्ञ प्रचार प्रसार संयोजक लेखराज ढकालका अनुसार शनिबार देशभरका ३५ जिल्लाबाट झन्डै एक लाख भक्तजनले कोटिहोम दर्शन गरेका छन्। भक्तजनको उपस्थितिले यतिबेला पोखरामा जारी कोटिहोम ऐतिहासिक अद्धितिय र अविस्मरणीय बनेको छ।

    images

    पोखरामा भएको यो कोटिहोम सुरुवात मात्र भएकोले अब नेपालका ५ वटै प्रदेश तथा देश विदेशमा यस्तै कोटिहोम हुने हुँदा यहाँका जस्तै सद्भाव र माया देखाइदिन आयोजकले आग्रह गरेको छ। कोटिहोममा विभिन्न ठाउँमा राखिएको सहयोग कक्षमा सहयोग गर्ने भक्तजनको भिड व्यवस्थापन गर्न व्यवस्थापकलाई हम्मे हम्मे भएको थियो।

    कोटिहोममा शनिबार प्रख्यात साधु सन्तको प्रवचन र नेपालका ख्याति प्राप्त कलाकारको प्रस्तुतिले पनि भक्तजनको उपस्थिति उल्लेख्य रहेको थियो।

    कोटिहोममा शनिवार सुमेरु पीठाधीश्वर जगद्गुरु शंकराचार्य स्वामी श्री नरेन्द्रानन्द सरस्वती जी महाराज र अनन्त श्री विभूषित १००८ महामण्डलेश्वर वाल सन्त आचार्य स्वामी रामेश्वरानंद सरस्वती जी महाराजले कथा वाचन तथा शुभकामना सन्देश दिएका थिए। जगद्गुरु शंकराचार्यसँगै वाल सन्त आचार्य जेठ ५ गते सम्म पोखरामानै रहने कार्यक्रम रहेको छ। यसै गरी शनिबार नै विन्ध्यवासिनी पिठाधिस वाल सन्त निषेशानन्द गुरु महाराजले पनि प्रवचन तथा सन्देश दिएका थिए।

     

    प्रतिक्रिया दिनुहोस

    थप समाचार