शुक्रबार, जेठ ११ गते २०८२

पाँचौँपटक सगरमाथा आरोहण गरेर फर्किइन् पूर्णिमा

पाँचौँपटक सगरमाथा आरोहण गरेर फर्किइन् पूर्णिमा

अखबार दैनिक
शुक्रबार, जेठ ११ २०८२
  • पाँचौँपटक सगरमाथा आरोहण गरेर फर्किइन् पूर्णिमा

    फोटो पत्रकार पूर्णिमा श्रेष्ठ सर्वोच्च शिखर सगरमाथा पाँचौँपटक आरोहण गरेर काठमाडौं फर्किएकी छन् । उनी आज बिहान लुक्लाबाट काठमाडौं आइपुगेकी हुन् ।

    images

    उनले आइतबार बिहान ३:३७ बजे पाँचौँपटक सगरमाथा शिखर चुमेकी थिइन् । उनी सतोरी एड्भेञ्चर प्रालिमार्फत सगरमाथा चढेकी हुन् । यसअघि गत वर्ष यही सिजनमा श्रेष्ठले दुई हप्ताको अन्तरालमा तीनपटक सगरमाथा आरोहण गरी रेकर्ड कायम गरेकी थिइन् ।

    त्यसअघि उनले सन् २०१८ मा पहिलो पटक सगरमाथा आरोहण गरेकी थिइन् । आठ हजार मिटरभन्दा अग्ला १४ वटा हिमाल आरोहण गरिसकेकी श्रेष्ठले दोस्रो अग्लो माउण्ट केटु, ल्होत्से, मनास्लु, अन्नपूर्ण, धौलागिरी लगायतका हिमाल आरोहण गरिसकेकी छन् ।

    प्रतिक्रिया दिनुहोस

    थप समाचार

    ट्रेन्डिङ