शुक्रबार, जेठ ११ गते २०८२

करेन्ट लागेर विद्युत कर्मचारीको मृत्यु

करेन्ट लागेर विद्युत कर्मचारीको मृत्यु

अखबार दैनिक
शुक्रबार, जेठ ११ २०८२
  • करेन्ट लागेर विद्युत कर्मचारीको मृत्यु

    रूकुमपश्चिममा करेन्ट लागेर एक जना विद्युत कर्मचारीको मृत्यु भएको छ। बिहीबार राति मुसिकोट नगरपालिका–४ बोहरागाउँमा विद्युत मर्मतका क्रममा रूकुमपूर्वको सिस्ने गाउँपालिका–३ का २९ वर्षीय खिमबहादुर खड्काको मृत्यु भएको हो।

    images

    जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी निरीक्षक ऋषि पाठकले मर्मतका लागि बिहिबार राति १० बजेतिर पोलमा चढेका नेपाल विद्युत प्राधिकरण रूकुमकोट वितरण केन्द्रमा कार्यरत खड्कालाई करेन्ट लागेको जानकारी दिए।

    उनका अनुसार विद्युत अवरुद्ध भएपछि मर्मतका लागि पोलमा चढेका खड्काको पोलमै मृत्यु भएको हो। केन्द्रीय प्रशारण लाइनको तार नजिकै रहेको सोलाबाङ लघु जलविद्युत आयोजनाको तारमा छोइदा खड्कालाई करेन्ट लागेको प्रहरीले जनाएको छ।

    प्रतिक्रिया दिनुहोस

    थप समाचार

    ट्रेन्डिङ