आइतबार, जेठ १३ गते २०८२

युक्रेनमा रुसी आक्रमण : आठ जनाको मृत्यु

युक्रेनमा रुसी आक्रमण : आठ जनाको मृत्यु

अखबार दैनिक
आइतबार, जेठ १३ २०८२
  • युक्रेनमा रुसी आक्रमण : आठ जनाको मृत्यु

    एजेन्सी । रुसले शनिबार रातभर गरेको आक्रमणमा परेर युक्रेनमा कम्तीमा पनि आठ जनाको मृत्यु भएको छ । क्षेत्रीय अधिकारीहरू यसको पुष्टि गरेको भन्दै बीबीसीले समाचार छापेको छ । युक्रेनको पश्चिम ख्मेल्नेत्स्की क्षेत्रमा चार जनाको मृत्यु भएको भनिएको छ । 

    images

    अन्य तीन जनाको किभ क्षेत्र र एक जनाको दक्षिण सहर माइक्लेभामा मृत्यु भएको बताइएको छ । रुसले आक्रमण सुरु गरेयता युक्रेनमा अहिलेसम्मकै सबैभन्दा भारी आक्रमण गरेको एक दिनपछि यो खबर आएको हो । 

    आफ्नो रक्षा एकाइले शनिबार राति चार घण्टाको अवधिमा कयौँ रुसी क्षेत्रको आकाशबाट ९५ वटा युक्रेनी ड्रोन खसालेकाे र रोकेको रुसको रक्षा मन्त्रालयले भनेको छ । यस क्रममा कोही हताहत नभएको भनिएको छ । यी ड्रोन आक्रमणका कारण मस्कोका विमानस्थलमा हवाई उडान रोक्न रुस बाध्य भएको थियो ।

    रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले २०२२ को फेब्रुअरीमा युक्रेनमाथि पूर्ण स्तरको आक्रमण सुरु गरेका थिए । यतिबेला मस्कोको कब्जामा युक्रेनको २० प्रतिशत भू-भाग छ । यसमा २०१४ मा उसले कब्जामा लिएको क्रिमियासमेत पर्दछ । 

    प्रतिक्रिया दिनुहोस

    थप समाचार

    ट्रेन्डिङ