बुधबार, जेठ १६ गते २०८२

इमामी लिमिटेडद्वारा नेपालमा ‘नवरत्न बीट मसाज २०२५’ अभियान प्रारम्भ

इमामी लिमिटेडद्वारा नेपालमा ‘नवरत्न बीट मसाज २०२५’ अभियान प्रारम्भ

अखबार दैनिक
मंगलबार, जेठ १५ २०८२
  • इमामी लिमिटेडद्वारा नेपालमा ‘नवरत्न बीट मसाज २०२५’ अभियान प्रारम्भ

    काठमाडौं । भारतको पर्सनल केयर तथा आयुर्वेदिक वेल्नेस कम्पनी मध्येको एक इमामी लिमिटेडले आफ्ना उत्पादन नवरत्न तेलको उपभोक्तालाई प्रत्यक्ष अनुभव प्रदान गराउने उद्देश्यले नेपालभरि एक महत्वाकांक्षी नयाँ अभियान – ‘नवरत्न बीट मसाज २०२५’ को शुभारम्भ गरेको छ । अभियान जेष्ठ ११ बाट सुरु भएर साउन १७ सम्म नेपालको तराई क्षेत्रमा केन्द्रित भएर सञ्चालन गरिने कम्पनीले जनाएको छ ।

    images

    यो नयाँ ७० दिने अभियानले पूर्वी तथा पश्चिमी नेपालका २४ जिल्लाहरू ओगट्ने छ । यस अभियान अन्तर्गत ३०० भन्दा बढी ब्रान्डेड सैलुनहरू र ६० वटा मोबाइल स्टलमार्फत निःशुल्क २–मिनेटको नवरत्न हेड मसाज प्रदान गरिनेछ । यसबाट हजारौं उपभोक्ताहरूले दैनिक रूपमा नौ आयुर्वेदिक जडिबुटीहरूको शक्तिशाली मिश्रणबाट बनेको नवरत्न तेलको शीतलता र तनाव कम गर्ने फाइदाहरू अनुभव गर्न सक्नेछन् ।

    अभियानमा खटिएका दुई समर्पित टोलीले दैनिक १०० किलोमिटरभन्दा बढी यात्रा गर्नेछन् । उनीहरूले अन्तरक्रियात्मक स्टलहरू, सवारी साधनको ब्रान्डिङ, सार्वजनिक घोषणाहरू, र २–मिनेट च्यालेन्ज, कूल कूल पर्फमेन्स जस्ता विभिन्न खेलहरू मार्फत उपभोक्ताहरूलाई प्रत्यक्ष अनुभव प्रदान गर्नेछन् ।

    Pic 3.jpg

    यस अभियानले प्रत्यक्ष संलग्नतामार्फत ६०,००० भन्दा बढी उपभोक्ताहरूसम्म पुग्ने अपेक्षा गरिएको छ, जसमा १२,००० भन्दा बढी वेट स्याम्पलिङ (मसाज) र ३०,००० भन्दा बढी ड्राई स्याम्पलिङ (स्यासे वितरण) समावेश छन् ।

    नवरत्न तेलका ब्रान्ड म्यानेजर विकास तिवारीले अभियानबारे आफ्नो उत्साह व्यक्त गर्दै भने, ‘नवरत्न बीट मसाज २०२५ मार्फत उपभोक्ताहरूलाई राहत र ताजगी केवल दुई मिनेट टाढा छ भन्ने कुरा स्मरण गराउन चाहन्छौं । यो अभियानले ब्रान्डलाई हाम्रा प्रयोगकर्ताहरूसँग नजिक ल्याउनेछ , जसले गर्दा उनीहरूले नवरत्न तेलले प्रदान गर्ने प्राकृतिक र प्रभावकारी शीतलतालाई साँच्चिकै महसुस गर्न सक्नेछन् । हामी विश्वास गर्छौं कि उपभोक्ताको प्रत्यक्ष अनुभवले नवरत्न तेललाई हरेक नेपाली घरपरिवारमा एक विश्वसनीय वेल्नेस सहयात्रीको रूपमा अझ स्थापित गर्नेछ ।’ ७० दिने यस अभियानले उपभोक्तालाई प्रत्यक्ष संलग्न गराएर २ मिनेटमै टाउको दुखेको, शरीर दुखेको र तनावबाट शीतलताको राहत दिनेछ ।

    प्रतिक्रिया दिनुहोस

    थप समाचार

    ट्रेन्डिङ