शुक्रबार, जेठ १८ गते २०८२

आफ्नै घरमा बोलाएर पूर्वपत्नीसहित दुई बालिकाको लिए ज्यान

आफ्नै घरमा बोलाएर पूर्वपत्नीसहित दुई बालिकाको लिए ज्यान

अखबार दैनिक
बुधबार, जेठ १६ २०८२
  • आफ्नै घरमा बोलाएर पूर्वपत्नीसहित दुई बालिकाको लिए ज्यान

    काठमाडाैं । आफ्नै दाजुलाई हत्या गरेर कारागार बसी केही वर्ष अघि मात्र संविधान दिवसको अवसरमा आम माफी पाएर छुटेका सुजन कोइराले आफ्नी पुर्व पत्नी ३४ वर्षीया दिपा बस्याल र उनका दुई छोरिको आफ्नै घरमा बोलाएर घरेलु हतियार प्रयोग गरेर हत्या गरेका छन ।

    images

    तीनैजनाको घरेलु हतियार हथौडा र चक्कु प्रहार गरी हत्या गरेको प्रहरीले जनाएको छ । कोइरालाले आफ्नै घरमा बोलाएर बुधबार बिहानैका समयमा चक्कु र घन प्रयोग गरी तीनै जनाको हत्या गरिएको प्रारम्भिक अनुसन्धानबाट खुलेको प्रहरी नायब उपरीक्षक रानाले जानकारी दिए ।

    स्वास्थ्यकर्मीका रुपमा दीपा कार्यरत थिइन् । सुजनसँग सम्बन्धविच्छेद गरेपछि दीपाले दोस्रो विवाह गरेकी जनाइएको छ । दीपासँगै हत्या गरिएका दुई बालिका पनि पछिल्लो पतितर्फका हुन् । हत्या अभियोगमा प्रहरी नियन्त्रणमा रहेका अभियुक्त सुजनले आफ्नै दाजु मारेर जेल सजाय भुक्तान गरेर केही वर्षअघि छुटेका थिए ।

    प्रतिक्रिया दिनुहोस

    थप समाचार

    ट्रेन्डिङ