आइतबार, भदौ २ गते २०८२

न्युजिल्यान्डका उपप्रधानमन्त्री काठमाडौँमा

न्युजिल्यान्डका उपप्रधानमन्त्री काठमाडौँमा

अखबार दैनिक
बुधबार, जेठ १६ २०८२
  • न्युजिल्यान्डका उपप्रधानमन्त्री काठमाडौँमा

    काठमाडौँ। न्युजिल्यान्डका उपप्रधानमन्त्री तथा विदेशमन्त्री विन्स्टन पिटर्स बुधबार काठमाडौँ आइपुगेका छन्। दुईदिने औपचारिक भ्रमणमा उनी नेपाल आएका हुन्।

    उनलाई नेपाली अधिकारीहरूले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा स्वागत गरेका छन् । उनले राष्ट्रपति रामचन्द्र पौडेल र प्रधानमन्त्री केपी शर्मा ओलीसँग आजै छुट्टाछुट्टै शिष्टाचार भेट गर्ने कार्यक्रम रहेको परराष्ट्र मन्त्रालयले जनाएको छ ।

    त्यसैगरी, उनले आजै साँझ परराष्ट्रमन्त्री डा. आरजु राणा देउवासँग द्विपक्षीय भेटवार्ता गर्नेछन् । भेटवार्तापछि संयुक्त पत्रकार सम्मेलन हुने र उनको सम्मानमा डा. राणाले रात्रिभोजको आयोजना गर्ने कार्यक्रम छ । न्युजिल्यान्डका उपप्रधानमन्त्री पिटर्सको यो पहिलो नेपाल भ्रमण हो ।

    प्रतिक्रिया दिनुहोस

    थप समाचार