काठमाडौँ । दिवंगत राजपरिवारलाई श्रद्धान्जली दिन र दीप प्रज्ववलनका लागि कमलादीस्थित गणेश मन्दिरमा पूर्वयुवराज्ञी हिमानी र पूर्वनवयुवराज हृदयन्द्र शाह पुगेका छन्। सोमबार उनीहरु मन्दिर प्रवेशका क्रममा समर्थकहरुले नाराबाजी र जयजयकार गरेका थिए । स्वर्गीय राजा बिरेन्द्र सहित स्वर्गीय भएको २४ औँ वर्ष पुगेको उपलक्ष्यमा श्रद्धाञ्जली सहित दीप प्रज्वलन गरिएको हो ।
कमलादी मन्दिरमा बाक्लो भीड लागेको छ। बाक्लो भीड छिचोल्दै कमलादी गणेश मन्दिर प्रवेश गरेका उनीहरु राजपरिवारको फोटो अगाडि दीप प्रज्वलन गरेका थिए ।