महेन्द्रनगर । नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले मधेसमा छिट्टै कांग्रेस नेतृत्वमा सरकार बन्ने बताएका छन् । आज पार्टीको मधेस प्रदेश कार्यालय जनकपुरधाममा पत्रकारहरूसँग कुरा गर्दै उनले आलोपालोको सहमतिअनुसार छिट्टै कांग्रेसको नेतृत्वमा सरकार बन्ने बताएका हुन् ।
सभापति देउवाले यस विषयमा अब चाँडै सत्ता सहयात्री दलसँग छलफल गरिनेसमेत बताए । ‘आलोपालो सरकार बनाउने कुरा हो, अब छिट्टै त्यस विषयमा कुराकानी हुन्छ, कांग्रेस नेतृत्वमा सरकार बन्छ’, उनले भने ।त्यस अवसरमा नेताहरू विमलेन्द्र निधि, कृष्णप्रसाद सिटौला, महेन्द्र यादव, मधेस प्रदेश सभापति कृष्ण यादवलगायतको उपस्थिति थियो ।