शुक्रबार, जेठ २५ गते २०८२

नवलपरासीमा छारोले गरे बाबु र छिमेकीको हत्या

नवलपरासीमा छारोले गरे बाबु र छिमेकीको हत्या

अखबार दैनिक
शुक्रबार, जेठ २५ २०८२
  • नवलपरासीमा छारोले गरे बाबु र छिमेकीको हत्या

    पश्चिम नवलपरासीको सुनवलमा छोराले बाबु र छिमकीको हत्या गरेका छन् । आज बिहान ११ बजे जिल्लाको सुनवल नगरपालिका–२ को औरहियामा ३५ वर्षीय हेमराज थारूले ५० वर्षीय बाबु जयराम थारू र छिमेकी ७० नाथु धरिकारलाई कोदालो प्रहार गरी हत्या गरेको जिल्ला प्रहरीका कार्यालय नवलपरासीका सूचना अधिकारी एवं प्रहरी नायब उपरीक्षक वीरदत्त पन्तले बताउनुभएको छ । खेमराजले दुवै जनाको टाउको र घाँटीमा प्रहार गरी हत्या गरेको उहाँको भनाइ छ ।

    images

    इलाका प्रहरी कार्यालय सुनवल र जिल्ला प्रहरी कार्यालयको टोली घटनास्थलमा पुगेर आरोपित पक्राउ गरिसकेको प्रहरीको भनाइ छ । खेमराजले किन हत्या गरे भन्ने विषयमा अनुसन्धान सुरु गरिएको प्रहरीले जानकारी दिएको छ । रासस

    प्रतिक्रिया दिनुहोस

    थप समाचार

    ट्रेन्डिङ