आषाढ ८ काठमाडौं । साताको पहिलो कारोबार दिन आइतबार सेयर बजार दोहोरो अंकले घटेको छ । आज बजार ३२.९३ अंकले घटेर २५९५.९७ को विन्दुमा झरेको नेपाल स्टक एक्सचेन्ज(नेप्से) ले जनाएको छ । बजार घटेसंगै कारोबार रकम पनि घटेको छ । बिहिबार ११ अर्ब २३ करोडको कारोबार भएको बजारमा आइतबार ९ अर्ब १४ करोडको कारोबार भएको छ ।
त्यसैगरी आइतबार २३ कम्पनीको सेयर मुल्य बढेको छ भने २२५ कम्पनीको सेयर मुल्य घटेको छ । आइतबार जोशी जलविद्युत विकास कम्पनी लिमिटेडको सेयर मुल्यमा सकारात्मक सर्किट लागेको छ ।