असार ९ काठमाडाैं । पशुपतिमा विद्युतीय शवदाह गृहको मेसिन खरिद तथा जडान गर्दा भ्रष्टाचार भएको भन्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालतमा मुद्दा दायर गरेको छ । अख्तियारले पशुपति क्षेत्र विकास कोषका सदस्यसचिवसहित १४ जनाविरुद्ध मुद्दा दायर गरेको हो । पशुपति क्षेत्र विकास कोषको सम्पत्ति हिनामिना र हानी नोक्सानी पुर्याएर भ्रष्टाचार मुद्दा दायर गरिएको अख्तियारले कोषका सदस्य सचिव डा मिलन कुमार थापासहित १४ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ ।
आइतबार थापासहित १४ जना व्यक्ति र दुई कम्पनीविरुद्ध विशेष अदालत काठमाडौंमा मुद्दा दायर भएको अख्तियारले जानकारी दिएको छ । उनीहरूले आपसी मिलेमतोमा १० करोड ३३ लाख ९१ हजार ३० रुपैयाँ ३१ पैसा हिनामिना गरेको आरोप लगाउँदै अख्तियारले विशेषमा मुद्दा दायर गरेको हो ।
पशुपतिमा विद्युतीय शवदाह गृहको मेसिन खरिद तथा जडान प्रक्रियामा मिलेमतो गरी कोषको सम्पत्ति हिनामिना र हानी नोक्सानी पुर्याएर भ्रष्टाचार मुद्दा दायर गरिएको अख्तियारले जनाएको छ ।