काठमाडौं । साताको दोस्रो कारोबार दिन सोमबार सेयर बजार सामान्य अंकले बढेको छ । आज बजार ४.७८अंकले बढेर बजार २६०० को विन्दुमा रहेको नेपाल स्टक एक्सचेन्ज(नेप्से) ले जनाएको छ ।
बजार बढेपनि कारोबार रकम भने घटेको छ । आइतबार ९ अर्ब १४ करोडको कारोबार भएको बजारमा सोमबार ६ अर्ब ४७ करोडको कारोबार भएको छ ।
त्यसैगरी सोमबार १२३ कम्पनीको सेयर मुल्य बढेको छ भने १२४ कम्पनीको सेयर मुल्य घटेको छ । बाकी १ कम्पनीको सेयर मुल्यमा कुनै परिर्वतन आएको छैन् ।