बिहीबार , साउन ३१ गते २०८२

माल्टाको समुन्द्रमा डुबेर नवलपुरका युवाको मृत्यु, शव पठाउन नेपाली समुदायद्धारा पैसा संकलन

माल्टाको समुन्द्रमा डुबेर नवलपुरका युवाको मृत्यु, शव पठाउन नेपाली समुदायद्धारा पैसा संकलन

अखबार दैनिक
बिहीबार , असार २७ २०८२
  • माल्टाको समुन्द्रमा डुबेर नवलपुरका युवाको मृत्यु, शव पठाउन नेपाली समुदायद्धारा पैसा संकलन

    नवलपुरका युवा रोबर्ट न्यौपाने (एलिस) को माल्टामा मृत्यु भएको छ । देवचुली नगरपालिका १३ दलदले घर भएका न्यौपानेको समुन्द्र किनारमा पौडी खेल्ने क्रममा मृत्यु भएको हो । उहाँ विगत २० महिनादेखि रोजगारीका लागि माल्टाको ओर्मीमा बसोबास गर्दै आउनुभएको थियो ।

    २५ वर्षका उहाँ विच साइडमा सोमबार साथिहरुसंग पौडी खेल्न जानुभएको थियो । उहाँको शव ल्याउन ६ हजार युरो लाग्ने भएका कारण पैसा संकलन गरिएको गैर आवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद् माल्टाका सदस्य हरी प्रसाद पौडेलले नारायणी अनलाइनलाई जानकारी दिनुभयो । ‘गो फण्ड मार्फत नेपालीले पैसा उठाइसकेका छौं,उहाँले भन्नुभयो,एक दुई दिनमै शव नेपाल पठाउँछौं ।’ ‘उहाँ परिवारमा एक मात्र छोरा हुनुहुन्छ, घरमा आमा मात्र रहेको जानकारी पाएका छौं’,पौडेलले भन्नुभयो ।

    गैरआवासीय नेपाली संघ माल्टाले माल्टा र गोजोमा रहेका नेपाली संघ–संस्था, सामाजिक अभियन्ता तथा समुदायलाई समन्वय गरी सहयोग संकलन गरेको हो । गम्भीर र पीडादायक यस घटनाले नेपाली समुदायलाई मर्माहत बनाएको पौडेलले बताउनुभयो ।

    प्रतिक्रिया दिनुहोस

    थप समाचार

    ट्रेन्डिङ