आइतबार, भदौ २ गते २०८२

भारतीय विदेशसचिव मिश्री काठमाडाैं आइपुगे

भारतीय विदेशसचिव मिश्री काठमाडाैं आइपुगे

अखबार दैनिक
आइतबार, भदौ २ २०८२
  • भारतीय विदेशसचिव मिश्री काठमाडाैं आइपुगे

    भारतीय विदेशसचिव विक्रम मिश्री आइतबार काठमाडौं आइपुगेका छन् । परराष्ट्रसचिव अमृतबहादुर राईको निमन्त्रणामा उनी दुईदिने भ्रमणका लागि नेपाल आएका हुन् । नेपाल र भारतका परराष्ट्र मन्त्रालयले शनिबार मिश्रीको भ्रमण तालिका सार्वजनिक गरेका छन् । विदेशसचिव भएपछि उनी दोस्रोपटक नेपाल आएका हुन् ।

    परराष्ट्र मन्त्रालयका प्रवक्ता लोकबहादुर पौडेल क्षेत्रीका अनुसार विदेशसचिव मिश्रीका अधिकांश भेटवार्ता आइतबारै हुनेछन् । आइतबार नै नेपाल र भारतका परराष्ट्रसचिवहरूबिच औपचारिक प्रतिनिधिमण्डलस्तरीय वार्ता हुनेछ ।

    कनेक्टिभिटी, विकास सहयोग तथा पारस्परिक अन्य विषयलगायत नेपाल–भारत साझेदारीबारे छलफल हुने परराष्ट्र मन्त्रालयले जनाएको छ । विदेशसचिव मिश्रीले आइतबारै राष्ट्रपति रामचन्द्र पौडेल, प्रधानमन्त्री केपी ओली, परराष्ट्रमन्त्री डा. आरजु राणा देउवासँग शिष्टाचार भेट गर्ने कार्यक्रम छ । सचिव मिश्री सोमबार स्वदेश फर्किने कार्यक्रम छ ।

    प्रतिक्रिया दिनुहोस

    थप समाचार