बिहीबार , भदौ ६ गते २०८२

श्रीमतीको घाँटी रेटी हत्या गर्ने श्रीमान् पक्राउ

श्रीमतीको घाँटी रेटी हत्या गर्ने श्रीमान् पक्राउ

अखबार दैनिक
मंगलबार, मंसिर २० २०७९
  • श्रीमतीको घाँटी रेटी हत्या गर्ने श्रीमान् पक्राउ

    सुर्खेत । सुर्खेतको पञ्चपुरी नगरपालिका ३ तोक्माका ३८ वर्षीय अम्मर आले मगरले मंगलबार दिउँसो धारिलो हतियार प्रयोग गरी ३० वर्षीया श्रीमती मिना आलेको घाँटी रेटेर टाउको हत्या गरेका छन्।

    आलेलाई इलाका प्रहरी कार्यालय बाबियाचौरबाट खटिएको प्रहरी टोलीले सोही ठाउँको पलैटे स्वास्थ्य चौकी नजिकबाट पक्राउ गरेको हो।

    आलेलाई प्रहरीले नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रहरी प्रवक्ता एवम डीएसपी सुरज कार्कीले जानकारी दिए। कार्कीका अनुसार आलेलाई थप अनुसन्धानका लागि इलाका प्रहरी कार्यालय बाबियाचौरमा राखिएको छ।

    प्रतिक्रिया दिनुहोस

    थप समाचार