बिहीबार , भदौ ६ गते २०८२

लागू औषधसहित ३ जना पक्राउ

लागू औषधसहित ३ जना पक्राउ

अखबार दैनिक
सोमबार, पुस ११ २०७९
  • लागू औषधसहित ३ जना पक्राउ

    काठमाडौं । लागूऔषध र खैरो हेरोइनसहित ३ जनालाई पर्सा प्रहरीले पक्राउ गरेको छ ।

    पक्राउ पर्नेहरुमा १९ वर्षीय हरिओम महतो, पर्सा बहुदरमाई-१ का २६ वर्षीय प्रमेश्वर साह र मकवानपुर-१० हेटौंडा बस्ने १५ वर्षीय युगेन लामा रहेका हुन् ।


    उनीहरुले पर्साको वीरगञ्ज महानगरपालिका शुकराचार्य गेट अगाडिको बाटो हुँदै पैदल आएका व्यक्तिहरुले लागूऔषध ल्याउदै छभन्ने सूचनाको आधारमा लागूऔषध नियन्त्रण ब्यूरो शाखा टोलीले उनीहरुलाई पक्राउ गरेर खानतलासी गर्दा हरिओम महतोको पाइटको खल्तीमा लुकाएर ल्याएको अवस्थामा २० ग्राम खैरो हेरोइन बरामद गरेको हो ।

    पक्राउ पर्नेहरुमाथि लागूऔषध सम्बन्धी कसुरमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ ।

    प्रतिक्रिया दिनुहोस

    थप समाचार