बिहीबार , भदौ ६ गते २०८२

अबदेखि चीन जानेले क्वारेन्टिनमा बस्नु नपर्ने

अबदेखि चीन जानेले क्वारेन्टिनमा बस्नु नपर्ने

अखबार दैनिक
आइतबार, पुस २४ २०७९
  • अबदेखि चीन जानेले क्वारेन्टिनमा बस्नु नपर्ने

    कोरोनाको नयाँ महामारीबीच चीनले अर्थतन्त्रलाई चलायमान बनाउने कोसिस गरेको छ। चीनले आइतवारदेखि कोरोना महामारीसम्बन्धी यात्रा नियममा क्वारेन्टिनको अनिवार्य व्यवस्थालाई हटाएको हो।

    अब यात्रीका लागि चीनमा प्रवेशअघि क्वारेन्टिनमा रहनु नपर्ने भएको हो। समाचार एजेन्सी रोयटर्सका अनुसार चिनियाँ नागरिकलाई विदेश यात्राका लागि फेरि राहदानी र भिसा दिन सुरु गरेको छ। यसका साथै विदेशीका लागि समेत सामान्य भिसा र पर्मिट पनि जारी गर्न थालिएको छ।

    चीनमा लामो समयदेखि जिरो कोभिड नीति लागु गरिएको छ। तर यसलाई लिएर नागरिकहरु निरन्तर सडकमा उत्रिए। अब नागरिककलाई राहत दिने गरी चीनले अर्थव्यवस्थाको गिर्दो अवस्था सम्हाल्न पनि महामारीको कडा निमय खुकुलो बनाइएको हो।

    लगानीकर्ताहरुले सीमाहरुलाई फेरि खोल्न सकेमा चिनियाँ अर्थव्यवस्थालाई पुनर्जीवित गर्न मद्दत मिल्ने बताएका छन्। चीन पछिल्लो आधा दशकमा अहिलेसम्मकै सबैभन्दा कम आर्थिक वृद्धिको सामना गरिरहेको छ।

    चीनले कोरोना महामारीबीच यात्रासम्बन्धी शर्त केही खुकुलो बनाउँदा संक्रमण दर फेरि तीव्र गतिमा फैलिने आशंका गरिएको छ।

    प्रतिक्रिया दिनुहोस

    थप समाचार