आइतबार, भदौ २ गते २०८२

बिहानैदेखि मिटरब्याजी पीडितहरुले गरे विरोध प्रदर्शन

बिहानैदेखि मिटरब्याजी पीडितहरुले गरे विरोध प्रदर्शन

अखबार दैनिक
मंगलबार, चैत १४ २०७९
  • बिहानैदेखि मिटरब्याजी पीडितहरुले गरे विरोध प्रदर्शन

    काठमाडौं । मिटरब्याजी पीडितहरुले मंगलबार बिहानैबाट विरोध प्रदर्शन सुरू गरेका छन् ।पीडितहरुले मंगलबार बिहानैदेखि काठमाडौंको टंगालमा विरोध प्रदर्शन गरेका हुन् ।

    तराईका विभिन्न जिल्लाबाट ११ दिनसम्म हिँडेर काठमाडौं आएका मिटरब्याज पीडितहरुले सोमबार खुलामञ्चअघि प्रदर्शन गरेका थिए भने मंगलबार भने त्यहाँबाट हिँड्दै प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारतर्फ जाने क्रममा विरोध प्रदर्शन गरेका हुन् ।

    पीडितहरु खुलामञ्चमा बस्नको लागि आएपनि काठमाडौं महानगरपालिकाको नगरप्रहरीले खुलामञ्च प्रवेशमा रोक लगाएपछि उनीहरु खुलामञ्च बाहिरको सडकमा नै सोमबारको रात बिताएका थिए ।

    पीडितहरुले महानगरपालिकाले खुलामञ्च प्रवेशमा रोक लगाएको भन्दै काठमाडौंका मेयर बालेन साहविरुद्ध नाराबाजी समेत गरेका थिए । उनीहरुले मिटरब्याजीलाई कारबाही गर, पीडितलाई न्याय दे, तमसुक व्यवस्था खारेज गर लगायतका नारा लगाइ र प्लेकार्ड बोकेर विरोध गरेका छन् ।

     

    प्रतिक्रिया दिनुहोस

    थप समाचार