आइतबार, भदौ २ गते २०८२

ब्याजदर घटाउन प्रधानमन्त्रीको अग्रसरता : बोलाए अर्थमन्त्री, गभर्नर र निजी क्षेत्रसहितको बैंठक

ब्याजदर घटाउन प्रधानमन्त्रीको अग्रसरता : बोलाए अर्थमन्त्री, गभर्नर र निजी क्षेत्रसहितको बैंठक

अखबार दैनिक
सोमबार, चैत २७ २०७९
  • ब्याजदर घटाउन प्रधानमन्त्रीको अग्रसरता : बोलाए अर्थमन्त्री, गभर्नर र निजी क्षेत्रसहितको बैंठक

    काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहालले अहिले देखिएको उच्च ब्याजदरको समस्यालाई समाधान गर्न सबैं सरोकारवालाहरु सहितको बैंठक बोलाएका छन् । उद्योगी व्यवसायीले उच्च ब्याजदरका कारण उद्योग व्यवसाय संचालमा समस्या भएको भन्दै आन्दोलित भएपछि प्रधानमन्त्री दाहालले आज (सोमबार) उक्त बैंठक बोलाउन लागेको जानकारी दिएका हुन् ।

    8F8A0494-scaled----.webp

    ‘उद्योगी व्यवसायीको समस्या भनेको सरकारको पनि समस्या हो,’ नेपाल चेम्बर अफ कमर्सको ७२ औं साधारणसभालाई सम्बोधन गर्दै भने, ‘उच्च ब्याजदरको समस्या तत्काल समाधान गर्न आजै सरोकारवालाहरु सहितको बैंठक राखेको छु । उक्त बैंठकमा अर्थमन्त्री डा। प्रकाशशरण महत, गभर्नर महाप्रसाद अधिकारी र निजी क्षेत्रलाई बोलाइएको समेत उनले जानकारी दिए । साथै उक्त बैंठकले ब्यवसायीका समस्या समाधानका लागि तार्किक निकास निकाल्ने समेत उनको भनाई थियो ।

    8F8A0494-scaled.webp

    यसैगरी कार्यक्रममा उनले देशको अर्थतन्त्र बाहिर हल्ला गरेजस्तो संकट नरहेको समेत जानकारी दिए । ‘अहिले अर्थतन्त्रमा केही समस्या छन् तर बाहिर हल्ला गरेजस्तो समस्या छैन,’ उनले भने, ‘हामीसँग पर्याप्त मात्रमा विदेशी मुद्रा छ भने शोधनान्तर स्थितिमा पनि राम्रै सुधार आएको छ तसर्थ बाहिर अरुले हल्ला फैल्याए जस्तो अर्थतन्त्रमा समस्या छैन ।’ अहिले अर्थतन्त्रमा देखिएको समस्या समाधानका लागि निजी क्षेत्रको सहयोग आवश्यक रहेको भन्दै यसमा हातेमालो गर्न समेत आग्रह गरेका छन् ।

    8F8A0494-scaled----.webp--.webp

    प्रतिक्रिया दिनुहोस

    थप समाचार