आइतबार, भदौ २ गते २०८२

विवाहको एक वर्षपछि इन्दिरा र शरदले दिए पार्टी

विवाहको एक वर्षपछि इन्दिरा र शरदले दिए पार्टी

अखबार दैनिक
आइतबार, वैशाख २४ २०८०
  • विवाहको एक वर्षपछि इन्दिरा र शरदले दिए पार्टी

    काठमाडौं । गायिका इन्दिरा जोशी र पति शरद केडियाले विवाहको एक वर्षपछि शनिबार विवाहभोज गरेका छन् । सोल्टी होटलमा आयोजित रिसेप्सनमा फिल्म, संगीत, फेसन र टेलिभिजन क्षेत्रका व्यक्ति उपस्थित रहे ।

    काठमाडौं महानगरपालिका प्रमुख बालेन शाह दम्पतीसहित कलाकारहरु मदनकृष्ण श्रेष्ठ, न्ह्यु बज्राचार्य, कुन्ती मोक्तान दम्पती, रामकृष्ण ढकाल, निर्मल शर्मा, केकी अधिकारी, रीमा विश्वकर्मा, पूर्वमिस नेपाल अनुष्का श्रेष्ठ लगायत पार्टीमा उपस्थित थिए ।


    सीमित मान्छेको उपस्थितिमा इन्दिरा र शरदले विवाह ‘सेलिब्रेसन’ गरेका हुन् । गायिका जोशी र फेसन डिजाइनर केडियाबीच २०७९ को जेठ ३१ गते विवाह भएको थियो । माउण्ड एभरेस्ट फेसन रनवेमा भाग लिन सगरमाथा क्षेत्र जाने क्रममा शरदले इन्दिरालाई प्रेम प्रस्ताव राखेका थिए, जसलाई इन्दिराले स्वीकार गरेकी थिइन् ।

    प्रतिक्रिया दिनुहोस

    थप समाचार