आइतबार, भदौ २ गते २०८२

सार्वजनिक ऋण वार्षिक बजेटभन्दा बढी, फागुन मसान्तसम्म २० खर्ब ८० अर्ब नाघ्यो

सार्वजनिक ऋण वार्षिक बजेटभन्दा बढी, फागुन मसान्तसम्म २० खर्ब ८० अर्ब नाघ्यो

अखबार दैनिक
आइतबार, जेठ १४ २०८०
  • सार्वजनिक ऋण वार्षिक बजेटभन्दा बढी, फागुन मसान्तसम्म २० खर्ब ८० अर्ब नाघ्यो

    काठमाडौँ । चालु आर्थिक वर्षको फागुन मसान्तसम्म मुलुकको सार्वजनिक ऋणको आकार २० खर्ब ८० अर्ब ६ करोड रुपैयाँ पुगेको छ । 

    आइतबार संघीय संसदमा आर्थिक सर्वेक्षण, २०७९/८० सार्वजनिक गर्दै अर्थमन्त्री डा.प्रकाशशरण महतले यस्तो तथ्य पेस गरेका हुन् । 

    अर्थमन्त्री डा.महतका अनुसार २०७९ फागुनसम्म आन्तरिक ऋण रु. १० खर्व १० अर्ब २८ करोड र बाह्य ऋण रु १० खर्ब ६९ अर्ब ७८ करोड गरी सङ्घीय सरकारको सार्वजनिक ऋण दायित्व रु. २० खर्ब ८० अर्ब ६ करोड पुगेको हो । 

    २०७९ असारसम्म सार्वजनिक ऋण दायित्व रु २० खर्ब १३ अर्ब २९ करोड रहेको थियो । आर्थिक वर्ष २०७९/८० को फागुनसम्म रु ८७ अर्ब २० करोड बराबरको आन्तरिक ऋण परिचालन भएको छ ।

    आर्थिक वर्ष २०७९/८० को फागुनसम्म ऋण र अनुदान गरी रु १ खर्ब ३७ अर्ब १२ करोड बराबरको अन्तर्राष्ट्रिय विकास सहायता प्रतिबद्धता प्राप्त भएकोमा रु ७२ अर्ब ५८ करोड बराबरको सहायता परिचालन भएको अर्थमन्त्री डा.महतको भनाइ छ । 

    उक्त अवधिमा रु ५३ अर्ब ४४ करोड बराबरको अन्तर्राष्ट्रिय विकास सहायता उपयोग भएको छ ।

    प्रतिक्रिया दिनुहोस

    थप समाचार