सोमबार, भदौ ३ गते २०८२

नेपालको सुन्दरताले मलाई लोभ्यायो : अभिनेत्री भाग्यश्री

नेपालको सुन्दरताले मलाई लोभ्यायो : अभिनेत्री भाग्यश्री

अखबार दैनिक
सोमबार, जेठ २२ २०८०
  • नेपालको सुन्दरताले मलाई लोभ्यायो : अभिनेत्री भाग्यश्री

    काठमाडौं। भारतको प्रतिष्ठित ‘क्याप्टिभेटिङ क्रिएसन अवार्ड’ को छैटौं संस्करण काठमाडौंमा सम्पन्न भएको छ। आइतबार काठमाडौंस्थित एक होटलमा ‘क्याप्टिभेटिङ क्रिएसन अवार्ड’ को छैठौं संस्करण सम्पन्न भएको हो।

    फर्न इभेन्ट्सले आयोजना गरेको अवार्ड कार्यक्रम पहिलोपटक भारत बाहिर आयोजना भएको हो।  समारोहमा नेपाल तथा भारतका चलचित्र, संगीत, पत्रकारिता, पर्यटन, खेलकुद आदि क्षेत्रमा उल्लेख्य योगदान दिएका व्यक्तिहरूलाई सम्मान तथा पुरस्कार प्रदान गरिएको छ।


    अवार्ड प्रदान गर्न भारतीय अभिनेत्री भाग्यश्री, रञ्जित, विन्दुदारा सिंह लगायतका भारतीय चर्चित कलाकारहरू नेपालमा आएका थिए। कार्यक्रममा बोल्दै भारतीय अभिनेत्री भाग्यश्रीले नेपालको सुन्दरताले आफूलाई लोभ्याएको बताइन्।

    उनले भनिन्, ‘नेपालको सुन्दरता र विश्वभरमा चर्चा छ, मैले यहाँ थोरै मात्रै देखेको छु। तर, म नेपालले फेरि बोलाओस् भन्ने चाहन्छु, फेरि नेपाल परिवारसँग आउन चाहन्छु।’

    नेपाली र भारतीय कलाकारहरूको सांस्कृतिक प्रस्तुतिसमेत रहेको सो समारोहमा नेपालका सेलिब्रेटीहरूसँगै अभिनेत्री भाग्यश्री, अभिनेता रञ्जित, टेलिभिजनकर्मी तथा कलाकार बिन्दु दाह्रा सिंहसहित झन्डै एक दर्जन भारतीय सेलिब्रेटीहरूको समेत सहभागिता रहेको थियो।

    प्रतिक्रिया दिनुहोस

    थप समाचार

    ट्रेन्डिङ