आइतबार, भदौ २ गते २०८२

दलाई लामा र चीन सरकारबीच अनौपचारिक संवाद सुरु

दलाई लामा र चीन सरकारबीच अनौपचारिक संवाद सुरु

अखबार दैनिक
आइतबार, साउन ७ २०८०
  • दलाई लामा र चीन सरकारबीच अनौपचारिक संवाद सुरु

    चीनले हालै तिब्बतका धार्मिक नेता दलाई लामासँग सम्पर्क गरेको छ। साउथ चाइना मर्निङ पोस्टका अनुसार दलाई लामाले करिब एक साताअघि चिनियाँ नेताहरूले आफूसँग सम्पर्क गरेको बताएका थिए । यद्यपि, यो कहिले भयो र चीनसँग के वार्ता भयो ? त्यो भने उनले खुलाउन चाहेनन् । 

    दलाई लामाले यसअघि आफू वार्ताका लागि सधैँ तयार रहेको बताए पछि चीन सरकारले सम्पर्क गरेको बताइएको छ । दलाई लामाले  तिब्बतको समस्याको समाधान खोज्नेमा हामी सबै सहमत छौँ भन्ने सन्देश निरन्तर दिए पछि चीन सम्पर्कमा आएको हुन सक्ने जनाइएको छ ।

    यसअघि आफ्नो जन्मदिनको अवसरमा दलाई लामाले भनेका थिए– ‘चीन अब परिवर्तन हुँदै छ र म उनीसँग कुरा गर्न तयार छु । मलाई भेट्न चाहनेले तिब्बतको समस्या समाधान गर्न आउन सक्छन् । हामी पूर्ण स्वतन्त्रता चाहँदैनौँ। धेरै वर्ष पहिले हामीले निर्णय गर्‍यौँ कि हामी चीनको हिस्सा रहनेछौँ।’

    अहिले चीनले पनि तिब्बती जनताको मनोबल निकै बलियो भएको महसुस गरेको उनले जनाएका छन् । ‘त्यसैले अब तिनीहरू संवाद गर्नका लागि मसँग आउने छन् भन्नेमा म विश्वस्त छु ।’

    प्रतिक्रिया दिनुहोस

    थप समाचार