बुधबार, जेठ ९ गते २०८२

कानुन हातमा लिएर सडकमा ताण्डव मच्चाउन सुहाउँदैन : भट्टराई

कानुन हातमा लिएर सडकमा ताण्डव मच्चाउन सुहाउँदैन : भट्टराई

अखबार दैनिक
सोमबार, भदौ २५ २०८०
  • कानुन हातमा लिएर सडकमा ताण्डव मच्चाउन सुहाउँदैन : भट्टराई

    काठमाडौँ । नेकपा एमालेका सचिव योगेश भट्टराईले कोशी प्रदेशसभा सदस्य खगेन सिङ हाङगामले नेपाल प्रहरीका डीएसपी राजन लिम्बुलाई दिएको चेतावनी कानुन हातमा लिएर सडकमा ताण्डव मच्चाएको भन्दै त्यो सुहाउने कुरा नभएको टिप्पणी गरेका छन् । प्रतिनिधि सभा सदस्य समेत रहेका भट्टराईले लोकतन्त्र र विधिको शासनमा विश्वास गर्ने जो कोहीले पनि त्यसको पालना गरेर र आचरणबाट आफूलाई प्रमाणित गर्नु पर्ने बताएका छन् । 

    images

    ‘त्यसमा पनि जनप्रतिनिधिहरूले कानुन कार्यान्वयन गर्ने अधिकारीले निष्पक्ष र पारदर्शी रूपमा काम गरे नगरेको मूल्याङ्कन गर्ने र उपयुक्त तरिका र ठाउँबाट निर्देशन दिने हो ।’, भट्टराईले सोमबार सामाजिक सञ्जालमा लेखेका छन्,  ‘आफैँ कानुन हातमा लिएर सडकमा ताण्डव मच्चाउनु सुहाउने कुरा होइन ।’ 

    उनले लोकतान्त्रिक व्यवस्थामा कानुनको नजरमा सबै समान हुने पनि बताएका छन् । ‘लोकतान्त्रिक व्यवस्थामा कानुनको नजरमा सबै समान हुन्छन् । ताप्लेजुङ ?’, भट्टराईले प्रश्न गरेका छन् ।

    प्रतिक्रिया दिनुहोस

    थप समाचार

    ट्रेन्डिङ