बुधबार, जेठ ९ गते २०८२

नेपालीलाई धर्मका नाममा लडाउन थालियो : रामहरि खतिवडा

नेपालीलाई धर्मका नाममा लडाउन थालियो : रामहरि खतिवडा

अखबार दैनिक
आइतबार, असोज २१ २०८०
  • नेपालीलाई धर्मका नाममा लडाउन थालियो : रामहरि खतिवडा

    काठमाडौँ । नेपाली कांग्रेसका सांसद रामहरि खतिवडाले मिलेर बसेका नेपालीहरुलाई धर्मका नाममा लगाउने खेल चलिरहेको बताएका छन् । आइतबार प्रतिनिधि सभा बैठकको विशेष समयमा बोल्दै सांसद खतिवडाले धार्मिक सद्भाव खलल पार्ने काम तुरुन्त रोक्नका लागि माग गरेका छन् । 

    images

    सांसद खतिवडाले भने,‘केही मान्छेहरु एउटा समुदायलाई इङ्कित गरेर देशबाट निकाला गर्नुपर्छ भनेर वक्तव्य दिएर हिँडेका हुन्छन् । कोही धर्मका नाममा राजनीति गरिरहेका हुन्छन् । कोही धार्मिक सहिष्णुता खलल गर्ने काममा लागेको देखिन्छ । हामी धेरै वर्षदेखि नेपालीहरु एकीकृत भएर सदभावपूर्ण रुपमा बसेका नेपालीहरुलाई विभिन्न बाहनामा धर्मको नाममा झगडा गराउने कामहरु भएको देखिन्छ । चाहे कोशी प्रदेशको धरानमा भएको घटना भएको होस, चाहे सर्लाहीमा भएका घटना हुन ।’

    धार्मिक एकता बिगार्ने काम रोक्नका लागि माग गरेका छन् । अहिले आफ्नो पक्षको मात्र कुरा गर्ने तर समग्रमा देशको बारेमा कुरा गर्ने मान्छेको आवश्यकता महसुस गरेको बताए । उनले कर्मचारीहरु काम गर्न डराइरहेको, देशको अर्थतन्त्र बिग्रिएको, आर्थिक मन्दीले समस्या रहेको, सडकमा भएको खाल्डाखुल्डी पुर्न सरकार तयार नभएको त्यसतर्फ सरकारको ध्यानाकर्षण गराए ।

    प्रतिक्रिया दिनुहोस

    थप समाचार

    ट्रेन्डिङ