बुधबार, जेठ ९ गते २०८२

विपिनको रिहाइका लागि कतारका विदेश राज्यमन्त्रीसँग परराष्ट्र मन्त्रीको आग्रह

विपिनको रिहाइका लागि कतारका विदेश राज्यमन्त्रीसँग परराष्ट्र मन्त्रीको आग्रह

अखबार दैनिक
शुक्रबार, मंसिर ८ २०८०
  • विपिनको रिहाइका लागि कतारका विदेश राज्यमन्त्रीसँग परराष्ट्र मन्त्रीको आग्रह

    काठमाडौँ । परराष्ट्र मन्त्री एनपी साउदले कतारका विदेश राज्यमन्त्री सुल्तान बिन साद अल–मुखैरीसँग हमासको नियन्त्रणमा रहेका नेपाली विपिन जोशीको रिहाइका लागि पहल गरिदिन आग्रह गरेका छन् ।

    images

    शुक्रवार परराष्ट्र मन्त्रालयमा भएको भेटमा उनले कञ्चनपुरका जोशीलाई हमासको नियन्त्रणबाट रिहाइका लागि पहल गरिदिन आग्रह गरे । विद्रोही हमासले रिहा गर्न लागिएको भनिएका ५० जनाको समूहसँगै जोशीको रिहाइ गराइदिन विशेष अनुरोध गरिएको मन्त्री साउदका प्रमुख स्वकीय सचिव दीपकराज जोशीले जानकारी दिए ।

    जवाफमा कतारका विदेश राज्यमन्त्रीले जोशीको रिहाइका लागि यथाशीघ्र सहयोग गर्ने आश्वासन दिए । भेटका क्रममा परराष्ट्र मन्त्री साउदले गाजामा युद्ध विराम र हमासले बन्धक बनाएका नागरिकको रिहाइका लागि कतार सरकारले निर्वाह गरेका मध्यस्थकर्ताको भूमिकाको प्रशंसा पनि गरे ।

    यसअघि बिहीबार मन्त्री साउदले जोशीको रिहाइका लागि इजरायलका राजदूतलाई मन्त्रालयमा बोलाएर कुरा गरेका थिए । भेटका क्रममा उनीहरूबिच रोजगारी, व्यापार तथा लगानी आदान प्रदान, सहकार्यको विकास र उच्चस्तरीय भ्रमणलगायत साझा हितका विषयमा छलफल भएको थियो।

    प्रतिक्रिया दिनुहोस

    थप समाचार

    ट्रेन्डिङ