शनिबार, भदौ ८ गते २०८२

उपप्रधानमन्त्री सिंहले गरे निर्माणाधीन संसद भवन अवलोकन

उपप्रधानमन्त्री सिंहले गरे निर्माणाधीन संसद भवन अवलोकन

अखबार दैनिक
मंगलबार, साउन १५ २०८१
  • उपप्रधानमन्त्री सिंहले गरे निर्माणाधीन संसद भवन अवलोकन

    उपप्रधानमन्त्रीसमेत रहेका सहरी विकास मन्त्री प्रकाशमान सिंहले निर्माणाधीन संघीय संसद भवनको अवलोकन गरेका छन्। सिंहदरबारभित्र निर्माण भइरहेको संसद भवनको मन्त्री सिंहले मंगलबार बिहान अनुगमन गरेका हुन्।

    मन्त्री सिंहले संसद भवन निर्माणको कामलाई तीव्रता दिन निर्देशन दिएका छन्। उनले आगामी  हिउँदे अधिवेशन यही भवनबाट सञ्चालन गर्न मिल्ने गरी कामलाई तीव्रता दिनुपर्ने बताए।

    सिंहदरबार परिसरमा संघीय संसदका दुवै सदन प्रतिनिधि सभा र राष्ट्रिय सभा, संसदीय समितिहरू, संसदीय दलका कार्यालयसमेत रहने गरी १२ वटा ब्लक सहितको भव्य भवन निर्माणको काम भइरहेको छ। सिंहदरबारस्थित पुतली बगैँचा रहेको ठाउँमा पाँच अर्ब ३० करोड रुपैयाँमा भवन निर्माणको काम अघि बढाइएको थियो।

    १ सय ७३ रोपनी क्षेत्रमा फैलिएको परिसरको ४५ प्रतिशत भूभागमा प्रतिनिधि सभा र राष्ट्रिय सभा रहनेछ। भवन निर्माणको जिम्मा चिनियाँ र नेपालीको संयुक्त कम्पनीले पाएको थियो। संघीय संसद भवन नहुँदा २०६४ पछि सरकारले नयाँ बानेश्वरको अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रलाई भाडामा लिएर संसद भवनको रूपमा प्रयोग गर्दै आएको छ। 

    प्रतिक्रिया दिनुहोस

    थप समाचार