आइतबार, भदौ ९ गते २०८२

हवाई सुरक्षामा समग्र प्रणालीमाथि नै अध्ययन हुन्छ : उड्डयनमन्त्री पाण्डे

हवाई सुरक्षामा समग्र प्रणालीमाथि नै अध्ययन हुन्छ : उड्डयनमन्त्री पाण्डे

अखबार दैनिक
बिहीबार , साउन २४ २०८१
  • हवाई सुरक्षामा समग्र प्रणालीमाथि नै अध्ययन हुन्छ : उड्डयनमन्त्री पाण्डे

    काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डेले हवाई सुरक्षाका विषयमा समग्र प्रणालीमाथि नै अध्ययन गर्ने बताएका छन् । प्रधानमन्त्रीसँग छलफल गरेपछि समग्र प्रणालीमाथि नै अध्ययन गर्नुपर्ने निष्कर्षमा पुगेको उनको भनाइ छ ।

    अन्तर्राष्ट्रिय सम्बन्ध तथा पर्यटन समितिको बिहीबार बसेको बैठकमा मन्त्री पाण्डेले हवाई दुर्घटनाबारे नीतिगत, कानुनी, प्राविधिक, जनशक्ति हो कि भनेर अध्ययन गर्ने बताएका हुन् । हवाई क्षेत्रमा अनुगमन र नियमनको पाटोसमेत हेर्नुपर्ने बताउँदै उनले भने, ‘अब समग्र सिस्टममाथि नै अध्ययन गर्नुपर्छ ।’

    विगतमा पनि अनुसन्धान हुने, प्रतिवेदन बुझाउने तर दुर्घटना भइरहने समस्या देखिएको भन्दै मन्त्री पाण्डेले त्यस्तो अवस्था अब अन्त्य गर्नुपर्ने बताए ।

    प्रतिक्रिया दिनुहोस

    थप समाचार

    ट्रेन्डिङ