आइतबार, भदौ ९ गते २०८२

उपप्रधानमन्त्री सिंह र भारतीय विदेश सचिवबीच भेटवार्ता

उपप्रधानमन्त्री सिंह र भारतीय विदेश सचिवबीच भेटवार्ता

अखबार दैनिक
सोमबार, साउन २८ २०८१
  • उपप्रधानमन्त्री सिंह र भारतीय विदेश सचिवबीच भेटवार्ता

    उपप्रधान तथा सहरी विकास मन्त्री प्रकाशमान सिंह र भारतीय विदेश सचिव विक्रम मिस्रीबीच भेटवार्ता भएको छ। सिंहदरबारस्थित सहरी विकास मन्त्रालयमा सोमबार बिहान उपप्रधानमन्त्री सिंह र भारतीय विदेश सचिव मिस्रीबीच शिष्टाचार भेटवार्ता भएको हो।

    आइतबार नेपाल आएका विदेश मन्त्री मिस्रीले राष्ट्रपति रामचन्द्र पौडेल, प्रधानमन्त्री केपी शर्मा ओली, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड' सँग भेटवार्ता गरिसकेका छन्। दुई दिने नेपाल भ्रमणमा आएका विदेश सचिव मिस्त्री आज स्वदेश फर्किनेछन्।

    प्रतिक्रिया दिनुहोस

    थप समाचार

    ट्रेन्डिङ