आइतबार, भदौ ९ गते २०८२

विगतको भन्दा राम्रो गर्नका लागि वर्तमान सरकार अघि बढेको छ :उपप्रधानमन्त्री सिंह

विगतको भन्दा राम्रो गर्नका लागि वर्तमान सरकार अघि बढेको छ :उपप्रधानमन्त्री सिंह

अखबार दैनिक
आइतबार, भदौ ९ २०८१
  • विगतको भन्दा राम्रो गर्नका लागि वर्तमान सरकार अघि बढेको छ :उपप्रधानमन्त्री सिंह

    काठमाडौं । उपप्रधानमन्त्री एवं शहरी विकासमन्त्री प्रकाशमान सिंहले नागरिकको जीवनलाई सहज बनाउन सरकारले काम गरिरहेको बताएका छन् ।
    आइतबार काठमाडौंमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उनले  उपभोक्ताको जीवनलाई सहज गर्नका लागि अहिले बजारमा देखिएका र आपूर्ति प्रणालीमा देखिएका समस्याहरुको समाधान गरिरहेको बताएका हुन् ।

    उनले वर्तमान सरकार नेपाली काँग्रेस र नेकपा एमाले मिलेर बनाएको भन्दै सरकारले सात बुँदे समझदारीअनुसार सुशासन लगायतमा काम गरिरहेको बताए ।

     उनले भने, "उपभोक्ताको जीवनलाई सहज गर्नका लागि अहिले बजारमा देखिएका आपूर्ति प्रणालीमा देखिएका कमी कमजोरीहरु छन्, यसमा प्रस्ट पारेपछि सरकारले आफ्ना कामहरु कार्यान्वयन गराउन बाटो दिन्छ,’। यो वर्तमान सरकार काँग्रेस र एमाले मिलेर बनेको सरकारले सात बुँदे समझदारीअनुसार सुशासन दिनेदेखि हरेक कुरामा यो भन्दा अगाडिको भन्दा बेटर गर्न, सुधार गर्नका लागि हामीले अहिले काम अघि बढाउँदै छौँ ।"

    प्रतिक्रिया दिनुहोस

    थप समाचार

    ट्रेन्डिङ