शनिबार, भदौ ८ गते २०८२

गौरा पर्वमा नाराबाजी गर्नु उपयुक्त थिएन : गृहमन्त्री लेखक

गौरा पर्वमा नाराबाजी गर्नु उपयुक्त थिएन : गृहमन्त्री लेखक

अखबार दैनिक
शुक्रबार, भदौ १४ २०८१
  • गौरा पर्वमा नाराबाजी गर्नु उपयुक्त थिएन : गृहमन्त्री लेखक

    काठमाडौं । गृहमन्त्री रमेश लेखकले लोकतन्त्रमा विरोध गर्न पाइने तर अरुलाई बिथोल्न नमिल्ने बताएका छन् ।शुक्रबार गृहमन्त्रालयमा सञ्चारकर्मीहरुसँग भएको अन्तर्क्रियामा उनलाई पत्रकारहरुले गौरा पर्वमा टुँडिखेलमा नाराबाजी गर्नेहरुलाई मुद्दा लगाएको बारे प्रश्न गरेका थिए ।

    जवाफमा मन्त्री लेखकले भने, ‘लोकतन्त्रको सुन्दरता भनेकै बोल्न पाउने, विरोध गर्न पाउने हो । विरोध कहाँ गर्ने, कस्तो अवस्थामा गर्ने भन्ने कुरा पनि बुझ्नुपर्छ ।’

    गौरा पर्वजस्तो सांस्कृतिक कार्यक्रममा नाराबाजी कार्यक्रम नै बिथोल्न खोज्नु राम्रो नभएको उनको भनाइ छ । ‘कुनै राजनैतिक पार्टीले गरेको वा त्यो कुनै विरोध कार्यक्रम होइन । सांस्कृतिक कार्यक्रममा नाराबाजी गरेर बिथोल्न खोज्नु उपयुक्त पनि होइन’, मन्त्री लेखकले भने ।

    प्रतिक्रिया दिनुहोस

    थप समाचार